Kath khabar
अवस्था ठिक नभएका सवारी साधन चलाउने १३ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा



                काठमाडौं, माघ १२ । काठमाण्डौको महाराजगञ्जमा बुधबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका १३ वटा सवारी साधनका चालकलाई  ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

दक्ष तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा ७५ भन्दा बढी सवारी साधन चेक गर्दा  हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका १३ ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको हो । सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।

अवस्था ठिक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पूर्ण चालकलाई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गर्नुभएको छ । अवस्था ठिक नभएका सवारी साधनलाई कारवाही गर्दै आएको ट्राफिक प्रहरीले गत भदौ १५ गते देखि अभियानकै रुपमा कारवाहीलाई थप तिव्रता दिदै आएको छ ।


 

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update