Kath khabar
टाइगर कप भलिबल २०७९- त्रिभुवन आर्मी क्लब फाइनलमा

 

         गण्डकी, माघ १२ । पोखरामा भईरहेको टाइगर कप २०७९ भलिबल खेलको आज भएको दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लवले होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको छ । आर्मी क्लवले पहिलो सेटमा २३-२५ ले गुमाएपनि त्यसपछि २५-१३, २५-२२, २५-१२ को सेटमा हराएको हो।

अब आर्मीले उपाधिका लागि एपीएफसँग खेल्नेछ । आज नै पुरुषतर्फ राउन्ड रोविन लिगको अन्तिम दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । खेल गण्डकी र सेन्ट जोसेफ तथा आर्मी र पुलिसबीच हुनेछ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहेको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update