Kath Khabar
फेरि सानो पर्दामा ‘इकु’

काठमाडौँ, जेठ २३ । बालबालिकादेखि बृद्धसम्म लोकप्रिय पात्र ‘इकु’ दर्शकले फेरि हेर्न पाउने भएका छन् । हाँस्य श्रृंखला ‘इकु पिताङ’ मार्फत ‘ईकु’ लाई सानो पर्दामा देख्न पाउने भएका हुन् ।

‘इकु’ को भुमिका निर्वाह गरेर चर्चित भएका कलाकार सुलेमान शंकर ‘इकु’ ले श्रृंखला ‘इकु पिताङ’ बनाउनुभएको हो । श्रृंखलाको कथा, निर्देशक समेत सुलेमानकै रहेको छ । ‘इकु’ को भुमिकामा पनि उहाँ आफै देखिनुहुनेछ । श्रृंखलामा सुलेमानको अलवा श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनिष खड्का, माया थामी, सिमरन मट्ट, सरोज ढकाल, मिलन शंकर, बालकलाकार कुसल लोहनी, दीपक थापामगर, सुमन मगर लगायतको अभिनय रहेको छ ।

योगेश उपाध्यायको संगीत र बिनय कार्कीको गीत श्रृखलामा समेटिएको छ । हुन त केही अगाडि निर्देशक मरिचमान श्रेष्ठ र राजु पौडेलले आफ्नो श्रृखला ‘हल्का रमाइलो’ को केही भागमा ‘इकु’ लाई प्रस्तुत गर्नुभएको थियो । श्रृंखलामा केही भेराइटी दिन ‘इकु’ पात्र समेटिएको बताइएको ‘हल्का रमाइलो’ मा अहिले भने ‘इकु’ को कथा सकिएको छ ।

ग्लोबल टिभी एचडि र एसएमएस फिल्मको निर्माण रहेको ‘इकु पिताङ’ ग्लोबल टिभी एचडिबाट असारको दोस्रो साताबाट प्रसारण हुनेछ । ‘मेरी बास्सै’ पछि सुलेमानले ‘इकु’लाई फिल्ममा प्रस्तुत गर्दा समेत दर्शकले मनपराएका थिए । दर्शकले रुचाएको ‘इकु’ को भूमिकामा फेरि टेलिभिजनको पर्दामा देखिन लाग्दा निकै खुसी लागेको सुलेमानले बताउनुभयो । ‘फेरि एक पटक इकु टेलिभिजनको पर्दामा हेर्न पाए हुन्थ्यो भनेर देश विदेशका कार्यक्रममा जाँदा दर्शकले सँधै भन्नुहुन्थ्यो’ सुलेमानले भन्नुभयो, ‘दर्शकको चाहना अनुसार नै ‘इकु पिताङ’ निर्माण भएको छ ।’

‘पहिलेका बालबालिकालाई ‘इकु’ को बारेमा थाहा छ । तर अहिलेका बालबालिकालाई केही थाहा छैन’ सुलेमानले थप्नुभयो । ‘अहिलेको पुस्तामाझ पनि ‘इकु’ चरित्र जिवित राख्ने चाहना मेरो थियो । त्यसैले पनि ‘इकुपिताङ’ जन्मियो ।’ पहिले झै जंगली पात्रको रुपमा ‘इकु’लाई फरक ढंगले प्रस्तुत गरिने सुलेमानको भनाई रहेको छ ।

राजु पौडेल र मदन महर्जनको छायाँकन र रविन बजगाईको सम्पादन रहेको श्रृखला असार दोस्रो साताबाट प्रसारणमा आउँनेछ सुलेमानले बताउनुभयो । श्रृंखलाको प्रोमो अहिले सार्वजनिक गरिएको छ । जुन हेर्दा निकै आर्कषक छ ।
यस्तो छ ट्रेलर :
https://youtu.be/H20r5ZJJaTs

 

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update