Kath khabar
क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहित पाँचजना पदाधिकारीको राजीनामा माग

 

           काठमाडौं, माघ १५ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यसम्पादन समितिमा रहेका पाँचजना पदाधिकारीको राजीनामा माग गरिएको छ ।

क्यानका सात पदाधिकारीद्वारा अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक महासचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, दुर्गा पाठक र पदम खड्काको राजीनामा माग गरिएको हो । नेपाल टी-२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएर गल्ती गरेको भन्दै उनीहरुको राजीनामा मागिएको हो ।

काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गरी फिक्सिङमा आयोजक कम्पनी सेभेन थ्री स्पोर्ट्सकै संलग्नता भएको पाइएको र यसको मुख्य जिम्मेवार क्यान भएको आरोप छ ।

 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update