Kath khabar
पोखरामा फेरी एक युवकले गरे आत्मदाहको प्रयास, बचाउन गएकी महिला पनि घाइते

 

             गण्डकी, माघ १५ । पोखरामा एक युवक जलेर घाइते भएका छन् । आइतबार पोखराको काहुँखोला-१३ मा डेरा गरी बस्ने ४३ वर्षीय कृष्ण बहादुर क्षेत्रीले आफ्नै शरीरमा आगो लगाएका छन् । उनलाई बचाउँन जादा घरबेटी संगीता सापकोटा समेत जलेर घाइते भएको प्रहरीले बताएको छ। युवकले आत्मदाह गरेको आशंका गरिएको छ ।

युवकले घरभित्रै आत्मदाहको प्रयास गरेको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरुलाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्‍याइएको छ ।

हाल उनीहरुको उपचार भइरहेको र महिलाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update