Kath khabar
मेयर बालेन शाह प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटारमा

 

          काठमाडौं, माघ १६ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेन बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाललाई भेट्न सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मेयर शाह पुग्नुभएको हो। शाहले सुकुम्बासी बस्ती हटाउन सहयोग गर्नको लागि दाहालसँग आग्रह गर्नुभएको छ । शाहले केहि समय अघि सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग माग्दै पत्र समेत पठाउनु भएको थियो ।

आइतबार मात्रै शाहविरुद्ध काठमाडौंमा प्रदर्शन भएको थियो। गैरकानुनी रुपमा निजी संरचना भत्काइएको तथा जथाभावी रुपमा डोजर चलाएको विरोधमा उक्त प्रदर्शन भएको थियो ।

 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update