Kath khabar
अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्रालयबारे निर्णय हुँदैन - प्रधानमन्त्री दाहाल


                     काठमाडौं, माघ १७ । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वउपप्रधानमन्त्री एवंम गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतबाट नआएसम्म गृह मन्त्रालय आफैसँग राख्ने बताउनुभएको छ ।

आज पेरिसडाँडामा भएको पार्टी पदाधिकारी बैठकमा प्रचण्डले सकेसम्म यो गठबन्धन कायमै राख्ने प्रयास गरेको बताउनुभएको छ ।  बैठकपछि पत्रकारहरुसँग उहाँले भन्नुभयो, “सकेसम्म नटुटोस् भन्ने प्रयास गरेका छौँ, हामी सल्लाह गर्दैछौँ । अदालतको पूर्णपाठ नआएसम्म गृह प्रधानमन्त्रीसँगै राख्न सुझाव पनि आएको छ ।”

 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update