Kath khabar
कर्णाली करिडोर खण्डमा अचाक्ली भाडा हुँदा पनि सरोकारवाला निकाय मौन


                            कालिकोट, माघ १९ ।  कर्णाली करिडोरअन्तगर्त कालिकोटको खुलालु देखि हुम्लाको सल्लीसल्ला सम्म १२२ किलोमिटरको दुरी छ । यातायात व्यवसायीहरुले गाडीभाडा मनोमानी रुपमा भाडा असुल्ने गरेको पाइएको छ ।  १२२ किलोमिटर दुरीको भाडादर ३,७०० रुपैयाँ रहेको छ ।

माघ ४ गते मात्रै हुम्लाको सर्केगार्ड गाउँपालिका-३ उनापानी गाउँकी बाली फडेराले हुम्लाको सल्लीसल्ला बाजुराजिल्लाको हिमाली गाउँपालिका साखा धुलाचौर सम्म १,७०० रुपैयाँ गाडी भाडा तिरेको दुखेसो गरिन् । धुलाचौर देखि पिलुचौर सम्म ५०० तिरेकी फडेरा बाजुराको पिलुचौर देखि नयाँ गाडी फेर्नु परेपछि १,५०० तिरेर कालिकोटको जिते सम्म पुगेको बताइन् । खाना बाहेक ३,७०० गाडीवालाई भाडा तिरेको उनले गुनासो गरिन । फडेरा एक प्रतिनिधि पात्र मात्रै हुन् ।

सर्केगार्ड गाउँपालिका-७ का हंश बिकले १,७०० रुपैयाँले पिलुचौर पुगेका बिक पिलुचौर देखि कालिकोटको लालिघाट सम्म ६१ किलोमिटर १,५०० तिरेको उनको भनाइ छ । 

यस्तै  हुम्लाको चंखेली गाउँपालिका-४ का झक्क रोकायाका अनुसार सल्लीसल्ला देखि धुलाचौर सम्म १,७०० तिरेको उनले बताए । धुलाचौर देखि पिलुचौर सम्म थप ३०० तिरेर नयाँ गाडी फेर्दा सुर्खेत बुलबुले यातायाता प्रालिले बाजुराको जगन्नाथ गाउँपालिका १ को पिलुचौरदेखि कालिकोटको  लालिघाट बजार सम्म ६१ किलोमिटर दुरीमा २,००० प्रतिव्यक्ति तिरेको आक्रोश पोखे ।

कालिकोटको खुलालु देखि हुम्लाको सल्लील्ला खण्डको सडकमा कुनै मापदण्ड नतोकिएका कारण यात्रुहरु चर्को भाडा तिर्न बाध्य देखिएका छन् । सरोकारवाला निकाय उदासिनता देखिए पछि हुम्ला,मुगु,बाजुरा जिल्लाका सर्वसाधारण नागरिक यातायात व्यवसायीहरुको महंगो भाडाको मार खेप्न बाध्य छन् । दैनिक यो खण्डको सडकमा १५ देखि २० वटा जिप र ४० देखि ५० वटा मालबाहक ट्रकहरु ओहोरदोहर गर्ने गरेका छन् ।  

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update