Kath khabar
भक्तपुरमा १०८ रोपनीमा १०८ फिट अग्लो भगवान् शिवको मूर्ति १ अर्ब खर्चमा बन्ने

 

                                  भक्तपुर, माघ २२ ।  भक्तपुरको कलममसीमा शिवको ठूलो मूर्ति बन्ने भएको छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्न मानव कल्याण आध्यात्मिक प्रतिष्ठानले एक अर्ब रुपैयाँ खर्चेर शिवको मूर्ति बनाउन लागेको हो ।

१०८ रोपनी क्षेत्रफलमा बनाइने उक्त मूर्ति १०८ फिट अग्लो हुनेछ । यो क्षेत्रमा शिवको मूर्तिबाहेक बुद्ध, मायावती, बुद्धका ७ पाइला, श्री १०८ आवल ब्रम्हचारी बालागुरु षडानन्दको मूर्ति पनि राखिने प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष विष्णुजंग बस्नेतले जानकारी दिए । 

‘हिन्दू धर्मावलम्बीलाई धार्मिक प्रेरणा दिन र धार्मिक पर्यटन प्रवर्द्धन गर्न मूर्ति बनाउन लागेका हौँ । ५ वर्षभित्र निर्माणको काम सक्ने लक्ष्य छ,' उनले भने । मूर्तिको शिलान्यास फागुन ४ मा प्रतिष्ठानका अध्यक्ष शिव तान्त्रिक गुरु, संरक्षक रामकृष्ण कर्मचार्य लगायत हजारौं भक्तजनको उपस्थितिमा गरिने बताइएको छ  । 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update