Kath khabar
सुतेरै यात्रा गर्न सकिने एयर सस्पेन्सन स्लिपर एसी बस सञ्चालनमा

 

                     दाङ, माघ २५ ।  दाङबाट काठमाडौंमा बस सेवा संचालन गरिरहेको त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले दाङमा पहिलो पटक सुतेर यात्रा गर्न सकिने एयर सस्पेन्सन स्लिपर एसी बस सञ्चालनमा ल्याएको छ । प्रालिका अध्यक्ष सुरेश हमालका अनुसार प्रविधिको विकास र यात्रुको सुविधालाई मध्यनजर गर्दै ल्याइएको ३६ सिटे बसमा ४ वटा सिटमा सुत्न मिल्ने छ ।

बसेर यात्रा गर्नका लागि १८ सय र सुतेर यात्रा गर्नका लागि २ हजार रुपैयाँ भाडा लाग्ने छ । बसमा चढ्ने वित्तिकै यात्रुले एक बोतल पानी र कुकिज पनि प्राप्त गर्ने छ । प्रत्येक दिन एउटा मात्र बस तुलसीपुरबाट काठमाण्डौका लागि छुट्ने छ ।

दाङको तुलसीपुरबाट बेलुकी साढे ५ बजे र काठमाडौंबाट पौने ६ बजे एयर सस्पेन्सन स्लिपर एसी बस छुट्ने छ । प्रालिले तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर यस अघि ब्लुस्काई, सेभेन स्टार सञ्चालनमा ल्याइसकेको र अहिले पहिलो चरणमा सस्पेन्सन ४ वटा बस ल्याइएको बताएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update