Kath khabar
राष्ट्रपति सवारीका बेला सडकमा हिँडेको भन्दै चिकित्सकमाथि कुटपिट

                  काठमाडौं, माघ २७ । ड्युटीमा हिँडेका ट्रमा सेन्टरका एक चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको छ ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संसद्‍मा सम्बोधन गर्न जाने क्रममा ड्युटीमा हिँडेका ट्रमा सेन्टरमा कार्यरत डा. सिंहमाथि सुरक्षामा खटिएका प्रहरीले कुटपिट गरेको हो ।

प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते हुनु भएको छ । उहाँको टाउँकोमा चोट लागेको छ ।

प्रहरीले दुर्व्यवहार गरेपछि चिकित्सकहरुले प्रर्दशन गरेका छन् । ट्रमा सेन्टर अगाडिको सडकमा सो घटनाको विरोधमा चिकित्सकहरुले प्रर्दशन गर्ने क्रममा सडक केहीबेर अवरुद्ध हुन पुगेको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update