Kath khabar
काठमाडौं-हेटौंडा जोड्ने छोटो दुरीका दुवै सडक २ महिनाका लागि बन्द

 

                       काठमाडौं, फागुन १ ।  बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीका दुईवटै सडक आजदेखि २ महिनाका लागि बन्द गरिएको छ ।

हेटौंडाबाट भिमफेदी-कुलेखानी-फाखेल-हुमाने-फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक र हेटौंडाबाट भिमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली-फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक निर्माण थालिएकाले आज देखि २ महिनासम्मका लागि बन्द गरिएको हो ।

द्रुत गतिमा सडक कालोपत्रे लागि आजदेखि २ महिना सम्म बन्द गरिएको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नविन सिंहले जानकारी दिए । 

वैकल्पिक सडकको रुपमा हेटौंडाबाट काठमाडौं जानका लागि हेटौंडा-कुलेखानी-मार्खु-चित्लाङ-थानकोट सडक र काठमाडौंबाट हेटौंडा फर्किंदा कान्ति लोकपथ खण्डबाट यातायात सुचारु गरिएको उनले बताए ।

उनले सर्वसाधारणलाई यही वैकल्पिक सडक प्रयोग गर्न अनुरोध पनि गरेका छन् । ट्राफिक प्रहरी महाशाखाले पनि चापागाउँ-कान्ती लोकपथ र नौबिसेको बाटो वैकल्पीक रुपमा प्रयोग गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update