Kath khabar
नागा बाबाहरुको पशुपतिमा घुइँचो

 

                      काठमाडौं, फागुन ४ ।  महाशिवरात्रिमा तीर्थाटन गर्न काठमाडौं आइपुगेका नागा बाबाहरू पशुपति मन्दिरपरिसरमा पुगेका छन् । विभिन्न स्थानबाट आएका नागा बाबाहरू जन्ती सहित पशुपति मन्दिरपरिसर प्रवेश गरेका हुन् । अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका हुन् ।

जोगीका ४ सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासी मध्ये नागा सन्न्यासी अन्तर्गत पर्छन् । पशुपतिमा यी चारै सम्प्रदायका जोगी आउने गर्छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update