Kath khabar
प्रतिकूल समयमा पनि हामीले देशभक्ति गुमाएनौँ र देश छोडेर पनि गएनौँ अब नेपालको निरन्तर अधोगतिप्रति हामी मौन रहन सक्दैनौँ - पूर्वराजा ज्ञानेन्द्र

 

                 आइतबार, फागुन ७ । पूर्वराजा ज्ञानेन्द्र शाहले देश जोगाउन राजनीतिक दल र राजसंस्थाले सहकार्य गर्नुपर्ने धारणा राख्नुभएको छ ।

प्रजातन्त्र दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले देश अधोगतिमा जान लागेको बताउनुभएको छ । अहिले देशको दिर्घकालिन शान्ति, स्थिरता र अन्तराष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा पर्न थालेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ ।

देश र जनताभन्दा दलगत, पारिवारिक र व्यक्तिगत लोभ र लालचको जन्जालमा राजनीतिक दलका धेरै नेताहरु फसेको उहाँको टिप्पणी छ । 'अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन।’ उहाँले भन्नुभएको छ ।

उहाँले अब मौन रहन नसक्ने स्पष्ट पार्दै सन्देशमा भन्नुभएको छ, ‘नेपालको अत्यधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो । शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकूल पलहरूमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौँ र देश छोडेर पनि गएनौँ । तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौँ ।

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update