Kath khabar
काठमाडौंको सुकुबाहालमा २० वर्षीया युवती मृत अवस्थामा फेला

 

                काठमाडौं, फागुन ८ । काठमाडौं महानगरपालिका-२६ गल्कोपाखा, सुकुबाहाल डेरा गरी बस्ने विराटनगर घर भएकी २० वर्षीया लिलिमा तामाङ नाम गरेकी महिला आफ्नै ओछ्यानमा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका-८ आशापुरीस्थित सामुदायिक जंगलमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । बर्दियाको मधुवन नगरपालिका-४ गम्मका बस्ने ५० वर्षीया दहनी थरुनी आफ्नै घरमा आइतबार मृत अवस्था फेला परेकी छन् ।  

नवलपरासी (पूर्व) को विनयी त्रिवेणी गाउँपालिका-१ सिसेनी बस्ने ३१ वर्षीय दिनेश कुमाल आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । ओखलढुंगाको मोलुङ गाउँपालिका-७ तालकोट बस्ने ३० वर्षीय छिरि शेर्पा सोही ठाउँ बस्ने कुसाङ शेर्पाको भान्छा घरमा रहेको काठको खाटमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update