Kath khabar
मृत अवस्थामा फेला


                     ललितपुर, फागुन १० । ललितपुरको महालक्ष्मी नगरपालिका-४ ईमाडोल सुभश्री टोल बस्ने ओखलढुङगा घर भएका ३० वर्षीय दिपेन्द्र पौडेल आफनै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

माटोको ढिस्कोले पुरिएर प्यूठानमा एक जनाको मृत्यु
झिमरुक गाउँपालिका–५ जामुनेमा घर पोत्ने रातो माटो खन्ने क्रममा माटोको ढिस्को भत्किएर पुरिँदा सोही ठाउँ बस्ने ४० वर्षीया पार्वता पोख्रेलको घटनास्थलमै मृत्यु भएको छ ।

साथै माटोको ढिस्कोले पुरिँदा घाइते भएका अन्य ३ जना महिलामध्ये  २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update