Kath khabar
आइसिसी विश्वकप लिग-२ का विजेता खेलाडीहरूलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

 

                  काठमाडौं, फागुन ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आइसिसी विश्वकप लिग-२ का विजेता खेलाडीहरूलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ। बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटारमा प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गर्नुभएको हो ।

उहाँले खेलाडीहरुलाई बधाई दिँदै तपाईहरु यो देशकै गौरव हो, तपाईहरुको कारण देशको प्रतिष्ठा बढेको छ भन्नुभयो ।इतिहास रच्नुभएकोमा तपाईंहरूलाई बधाइ छ भन्दै उहाँले भन्नुभयो, "चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ। तपाईहरु यो देशकै गौरव हो, तपाईहरुको कारण देशको प्रतिष्ठा बढेको छ, म सबै नेपालीहरूको तर्फबाट तपाईंहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । तपाईंहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रति खेलाडी २ लाख पुरस्कार दिने घोषणा गर्दछु।” उहाँले अब खेल्ने खेलको लागि पनि शुभकामना दिनुभएको छ ।

 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update