Kath khabar
काठमाण्डौमा प्रतिघन्टा ५० किलोमिटर भन्दा बढीको गतिमा गाडी गुडाउन नपाइने

 

                काठमाडौं, फागुन ११ ।  काठमाण्डौ उपत्यकामा प्रतिघन्टा ५० किलोमिटरभन्दा बढीको गतिमा गाडी गुडाउन नपाइने भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना निकालेर सवारी तथा यातायात व्यवस्था ऐन र सडकको भौतिक अवस्था समेतलाई ध्यान दिएर गाडी तथा मोटरसाइकलको अधिकतम गति प्रतिघन्टा ५० किलोमिटर तोकिएको जानकारी गराएको छ ।

कलङ्की-कोटेश्वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको छ । यस्तै कोटेश्वर-भक्तपुर सडक खण्डमा पनि प्रतिघन्टा ५० किलोमिटर गति तोकिएको छ ।

speedlimit1677152778.jpg

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update