Kath khabar
भ्वाइस अफ किड्स सुरु हुँदै, नयाँ कोचका रुपमा गायक सुशान्त के.सी.


                      काठमाडौं, फागुन १२ । गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन-२’ यहि फागुन २६ गतेदेखि प्रसारण हुने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा नयाँ सिजनको संरचना, अडिसन प्रक्रिया र कोचबारे जानकारी दिइएको छ ।

अघिल्ला सिजनका कोचहरु प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार सिजन-२ मा यथावत नै रहनेछन् भने गायक राजु लामा भने यस सिजनमा हुने छैनन् । नयाँ कोचका रुपमा गायक सुशान्त केसीलाई यसपटक देख्न सकिनेछ ।

बालबालिकाहरुको गायन प्रतिभालाई उजागर गर्ने उद्देश्यले संचालन भएको यस कार्यक्रमका निर्देशक लक्ष्मण पौडेल हुन् । कार्यक्रम हिमालय टेलिभिजनबाट शुक्रबार र शनिबार राति ८ बजेदेखि प्रसारण हुनेछ ।

सोमा डिजिटल अडिसनमा सहभागी भएका हजारौँ आवेदकहरुबाट ६५ जना प्रतिभा छानिनेछन् । छानिएका प्रतिभाले ब्लाइन्ड अडिसनमा कोचको सामना गर्नेछन् । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल हुने प्रतिभाहरु अगाडि बढ्न पाउनेछन् । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । पहिलो सिजनमा टिम प्रमोदबाट झापाका जेनिश उप्रेतीले भ्वाइस अफ किड्स नेपालको अवार्ड जितेका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update