Kath khabar
आँखाले बताउँछ मानिसको क्षमता

काठमाडौं, जेठ २५ । साहित्यकार विलियम सेक्सपियरले आँखा मानिसको आत्मामा पुग्ने झ्याल हो भनेका थिए । महान साहित्कारको भनाइलाई जर्जीया इन्सीच्युट अफ टेक्नोलोजीले खोेज अनुसन्धान गरी प्रमाणित गरेको छ ।

आँखाको नानीले संसार देखाउने मात्र नभएर मानिसको उत्तेजना, रुची तथा मानसिक थकान पनि देखाउँछ । अमेरीकाको अपराध अनुसन्धान संस्थाले आँखाको नानी फैलावटबाट अपराधीको बयान ठिक दिदै छ कि छैन भनेर पत्ता लगाउने गर्दछन् । उनीहरुको अपराध अनुसन्धानमा आँखाको निरिक्षण अनिवार्य हुन्छ ।

जर्जिया इन्सीच्युट अफ टेकनोलोजीमा गरिएको एक परिक्षणमा आँखाको नानीको बेसलाइन र मानिसको बुद्दिमत्ताको सम्बन्ध भएको प्रमाणित भएको छ । परिक्षणमा पत्ता लाग्यो कि मानिसको आँखाको नानी जति ठुलो हुन्छ उसको तर्क, ध्यान दिने क्षमता तथा स्मरण सक्ति उत्ती बढी हुन्छ ।

जर्जिया इन्सीच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले अनुसन्धान गर्दा तीन अलग अलग अध्यनको नतिजाले मानिसको संज्ञानात्मक परिक्षण गर्दा जसले बढी नम्बर लिएको थियो उसको आँखाको बेसलाइन बढेको तथा जसको नम्बर कम उसको बेसलाइन खुम्चेको पाइयो ।

वैज्ञानिक डैनियल काहिमैनका अनुसार यस्तो वैज्ञानिक अनुसन्धान पहिलो पटक गरिएको दावी गरिएको छ । यो अनुसन्धानमा बौद्धिक काम गर्दा वा मानसीक क्षमता प्रयोग गर्दा उसको आँखाको बेसलाइनमा असर गरेको नतिजा निस्कीएको थियो । यो तरीका १९६०/७० को दशकमै प्रचलित थियो ।

त्यसपछि मेडिकल साइन्स र अपराध अनुसन्धानमा योे प्रयोग गरिदै आएको छ । अहिलेको अनुसन्धानले आँखाको बेसलाइनको गतिविधिबाट मानिसको मानसिक अवस्था बारे अनुमान गर्ने पुरानो तरीका ठीक भएको प्रमाणित गरेको छन् ।

डैनियलका अनुसार उनीहरुको अनुसन्धानमा १८ बर्षदेखि ३५ वर्षसम्मका पाँच सय जना मानिसको आँखाको परिक्षण गरीएको थियो । विशेस प्रकारको आइ टेकर यन्त्र प्रयोग गरी अनुसन्धान गरिएको थियो ।

दुईदेखि आठ मिलिमिटरसम्मको ब्यास आँखाको नानीको हुन्छ । यसको रङ कालो  तथा यसको वरीपरी आइरिस हुने गर्दछ । विभिन्न अलग अलग रङको मिश्रण हुने आइरिसले आँखाको नानीलाई नियन्त्रण गर्दछ । तेज प्रकासमा आँखा खुम्चीन आइरिसले सहयोग गर्दछ ।

डेनीयलले आँखा नखुम्चीयोस भनि परिक्षणको बेला प्रकाशलाई मध्यम बनाइएको र आइ टेकरमा हरेक नमुना आँखाको नानीलाई चार मिनेटसम्म परिक्षण गरिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update