Kath khabar
सरकार छाड्ने एमालेको निर्णय,  समर्थन पनि फिर्ता

 

               काठमाडौं, फागुन १५ । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ। साथै एमालेले पुष्पकमल दाहाल 'प्रचण्ड' सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको पार्टीका उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।

आज बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो । उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका पौडेलले आजै एमालेका मन्त्रीले राजीनामा दिने बताए।

'प्रधानमन्त्रीले पछिल्लो समय नेकपा एमालेमाथि जुन किसिमको व्यवहार गर्नुभयो, मन्त्रीपरिषदको निर्णय कै आधारमा जेनेभा जान लाग्नुभएकी मन्त्री विमला राई पौड्याललाई रोक्नुभयो । उहाँले या त सरकार छाड्नुपर्ने, स्वइच्छाले सरकार नछाडेमा उहाँ आफैले सरकारबाट हटाउने या बिना विभागिय मन्त्री बनाउनेसम्मका अभिव्यक्ति गर्नुभएपछि हामी यस सरकार रहिरहन उचित हुन देखेनौ । त्यसैले सरकारबाट फिर्ता हुने निर्णय गरेका छौँ ।'  पौडेलले स्पष्ट पारे ।


 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update