Kath khabar
कान्तिलोकपथ बन्द भएपछि थानकोट-चित्लाङ हुँदै गुड्न थाले हेटौँडा जाने साना गाडी
फाइल

                   मकवानपुर, फागुन १८। कान्तिलोकपथ अन्तर्गत ललितपुरको बाग्मती र भट्टेडाँडामा सडकको मर्मतका कारण हेटाैँडा जाने साना गाडी थानकोट-चित्लाङ हुँदै गुड्न थालेका छन् ।

काठमाण्डाैको बल्खुबाट हेटौँडातर्फ आउने दक्षिणकाली हुँदै सिस्नेरीतर्फको सडकमा आज बिहानैदेखि गाडी गुड्न थालेकाे जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । यसअघि काठमाण्डाैबाट कान्तिलोकपथ हुँदै हेटौँडातर्फ गाडी गुड्ने गरेकाे थियाे ।  

भीमफेदी-कुलेखानी सडक मर्मतका लागि करिब डेढ महिना अघिदेखि कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी सडकखण्डलाई मर्मत गर्न हेटौँडाबाट काठमाण्डाैतर्फ जाने गाडीलाई चित्लाङ-थानकोट सडक भएर सञ्चालन गरिँदै आएको मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डेले बताउनुभयो ।

केही दिनअघि यातायात व्यवस्था कार्यालय काठमाण्डाै एवम् निर्माण व्यवसायी र सरोकारसँग सम्बन्धित निकाय र स्थानीय प्रशासनको संयुक्त बैठकको निर्णयअनुसार, कार्यान्वयन गर्न कान्तिलोकपथको यातायात बन्द गरी थानकोट-चित्लाङको बाटो सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

काठमाण्डाैको बल्खुबाट हेटौँडातर्फ आउने साना गाडीलाई थानकोट-चित्लाङको बाटाेबाट आजदेखि आउँदाे चैत १० गतेसम्म सञ्चालनमा ल्याउने र हेटौँडाबाट कुलेखानी हुँदै काठमाण्डाैतर्फ जाने गाडीलाई चैत्र १० गतेसम्मलाई सञ्चालनमा निरन्तरता दिइनेछ । यहाँ दैनिक काठमाण्डौबाट हेटौँडा र हेटौँडाबाट काठमाण्डौतर्फ दैनिक दुई हजार साना गाडी सञ्चालन हुने गरेको छ ।

 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update