Kath Khabar
नयाँ म्युजिक भिडियो “रामपियारी भर्सेश रामपियारा” सार्वजनिक

काठमाडौं, जेठ २५ । नायिका तथा मोडल कबिता राय अभिनित नयाँ म्युजिक भिडियो “रामपियारी भर्सेश रामपियारा” सार्वजनिक भएको छ । जीवन बडू र आकृती मिश्राको आवाज रहेको फास्ट फ्लेबरको यस गीतमा कबिता राय संगै मोडल सुधिर श्रेष्ठलाई पनि फिचर्ड गरिएको छ । यस गीतको भिडियोमा गायक जीवन बडुको पनि अभिनय रहेको छ । र्यापर जगत तिरुवाको शब्द, संगीतमा तयार भएको यस गीतको भिडियो हालको ट्रेन्ड अनुसार निर्माण गरिएको छ । दर्जनौ म्युजिक भिडियो र थुप्रै चलचित्रमा समेत काम गरिसकेकी नायिका तथा मोडल कबिता रायले यस गीतबाट राम्रै आश गरिएको बताउनुभएको छ ।

केहि दिनअघि मात्र नायक तथा मोडल पल शाह संग पनि भिडियोमा काम गरिसक्नुभएकी रायले पल र सुधिर दुवै संग काम गर्दा भिडियोमा आफुलाई धेरै सजिलो भएको बताउनुभयो । हालै सार्वजनिक भएको यस गीतमा पनि उहाँलाई डान्सको राम्रै ठुम्काको साथमा हेर्न पाईन्छ । डान्स र एक्स्प्रेसनको राम्रै तारिफ पाउने गरेको सुधिरले पनि कविता संग काम गर्दा निकै सहज भएको र अहिले भिडियो रिलिज हुँदा झन् मन आनन्द भएको बताउनुभयो । कबिता जी को अभिनयप्रतिको इनर्जी देख्दा मलाई नै अचम्म लागेर आउँछ, सुधीरले भन्नुभयो ।

डी सिरिज युटुब च्यानल मार्फत सार्वजनिक भएको यो गीतले दर्शकको राम्रै साथ पाउनेमा नायिका तथा मोडल कबिता राय ढुक्क रहनुभएको छ । निर्देशक बिशाल कुमार महराको निर्देशनमा तयार भएको यो गीतमा गोदावरीको रमणीय झलकहरु देख्न पाईन्छ । पदम सुबेदीको सम्पादन रहेको यस भिडियोमा कलर भने मिलन बिश्वकर्माले गर्नुृभएको छ ।

 

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update