Kath khabar



                 काठमाडौं, फागुन २२ । जनकवि केशरी धर्मराज थापाको शब्द, सगीत र स्वरमा रहेको चर्चित गीत ‘हरियो भन्नु’ लाई पुन: रेकर्ड गरी सार्वजनिक गरिएको छ । चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका गायक राजु लामाको सुमधुर स्वरमा ल्याइएको गीतमा पहिला भन्दा थोरै परिमार्जन गरी फिमेल भोकल पनि थपिएको छ । गीतमा फिमेल भोकलको लागि गीतकार मन्दिरा ढुंगेलले शब्दरचना गर्नु भएको छ भने तारा श्रीस मगरको स्वर रहेको छ ।

जनकवि केशरी धर्मराज थापाप्रति श्रद्धा सुमन अर्पण गर्दै उहाँको संझनामा यो गीतलाई फेरि रेकर्ड गरिएको हो । उहाँको परिवारको सहमतिमा म्युजिक नेपालले यो गीतलाई पुनः रेकर्ड गरी बजारमा ल्याइएको म्यूजिक नेपालले जनाएको छ । गीतको भिडियोमा गायक राजु लामा र नायिका मिरुना मगरको अभिनय रहेको छ । सोनाम पाख्रिनको परिकल्पना र निर्देशनमा बनेको भिडियोमा राजेश घिमिरेको सिनेमाटोग्राफी र विकाश दाहालको सम्पादन रहेको छ ।

जनकवि केशरी धर्मराज थापाका परिवारको तर्फबाट उहाँका छोरा मदनराज थापाले आज भन्दा ७० बर्ष अगाडी रेकर्ड गरिएको यो लोकप्रिय गीत अहिलेको युवापुस्तालाई पुन ः परिचित गराउन र अग्रज स्रष्टा र उहाँहरूको सृजनाबारे के कस्तो धारणा र प्रतिकृया छ भन्ने जान्नको लागि पनि ल्याइएको बताउनु भयो  । ‘हरियो भन्नु’  गीत बि.स. २०१० सालमा कलकत्तामा रेकर्ड गरिएको थियो  ।

भिडियो लिंक
https://youtu.be/WGUiauekINc

 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update