Kath khabar
रहेनन् चर्चित भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिक

 

                मुम्बई, फागुन २५ । चर्चित भारतीय अभिनेता, निर्माता तथा निर्देशक सतीश कौशिकको बिहीबार बिहान ६६ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना गरिएको थियो।

सतीश कौशिकले १९८३ मा आएको फिल्म ‘मासूम’ बाट आफ्नो अभिनय करियर सुरु गरेका थिए । करिब ४ दशक लामो करियरमा उनले करिब १०० फिल्ममा काम गरे । सन् १९९३ मा फिल्म ‘रूप की रानी चोरों का राजा’ बाट निर्देशनको दुनियाँमा पाइला टेकेका उनले करिब डेढ दर्जन फिल्म निर्देशन गरेका थिए । उत्कृष्ट अभिनेता र निर्देशक हुनुको अलावा, सतीश कौशिक एक पटकथा लेखक पनि थिए।
 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update