Kath khabar
काठमाडौंको त्रि-चन्द्र कलेज अगाडि मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


                  काठमाडौं, फागुन २६। काठमाडौं महानगरपालिका-२८ स्थित त्रि-चन्द्र कलेज अगाडि सडकमा बा.६५ प ५६०८ नम्बरको मोटरसाइकल शुक्रबार बिहान दुर्घटना हुँदा चालक भोजपुर सदानन्द नगरपालिका-११ घर भएका २२ वर्षीय सुजल हातुहाङ राईको शुक्रबार बिहान मृत्यु भएको छ ।

उक्त मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ ।  

 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update