Kath khabar
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शपथ ग्रहण

 

                       काठमाडौं, फागुन २९ ।  नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवनमा केहीबेर अघि आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुभएको हो ।

गएको २५ गते बिहीवार भएको राष्ट्रपति चुनावमा पौडेलले ३३ हजार ८ सय २ मतभार ल्याएर राष्ट्रपति बन्नुभएको हो ।

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update