Kath khabar
शहिद स्मारक ए डिभिजन फुटबलमा आज चौंथो चरणका तीन खेलहरु हुँदै

                    काठमाडौं, फागुन ३० । शहिद स्मारक ए डिभिजन फुटबलमा आज चौंथो चरणका तीन खेलहरु हुँदैछन् । जसअन्तर्गत एक खेलच्यासल मैदानमा हुनेछ भने दुई खेल दशरथ रंगशालामा हुनेछन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा संकटा क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिष्पर्धा हुनेछ। खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । ३ खेलबाट ७ अंक जोडेर तेश्रो स्थानमा रहेको जावलाखेल आज तेश्रो जितको खोजिमा हुनेछ । यता समान खेलमा जितबिहिन बन्दै १ अंक जोडेर १२ औं स्थानमा रहेको फ्रेन्ड्स भने पहिलो जित हासिल गर्न चाहन्छ ।

आज हुने दोस्रो खेल मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीच दशरथ रङ्गशालामा हुनेछ । खेल बेलुका साढे ५ बजे हुनेछ । ३ खेलबाट १ अंक जोडेर १३ औं स्थानमा साविक विजेता मच्छिन्द्र पहिलो जितको खोजीमा मैदानमा उत्रिनेछ । यता तीन खेलमा अंक बिहीन बन्दै पुछारमा रहेको पुलिस पनि आज पहिलो जितको खोजिमा हुनेछ ।

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update