Kath khabar
गर्धनको भागमा कालो छ ? हटाउन यि उपाय गर्नुहोस्

काठमाडौं, जेठ २६ । कपडाले प्राय नछोपिने गर्धनको भाग कालो हुदा धेरैको सौन्दर्यमा खोट देखिरहेको हुन्छ । शरीरका अन्य भाग सफासुग्घर गरीरहे पनि धेरैको ध्यान गर्धनको कालोपनमा भने गएको देखिदैन ।

अनुहारमा अनेक सिङ्गार गरेर चिटिक्क परेका मानिसलाई गर्धनको कालोले भने गिज्याइरहेको हुन्छ । गर्धनको कालोपन हटाउन ब्युटिसियन कँहा धाउनेहरुको कमी पनि छैन । चिटिक्क परी आकर्षक जिवन जिउनेका लागि ब्युटिसियनका घरेलु तरीका सबैलाई लाभदायक हुन सक्छ ।

१. बदामको तेल प्रयोग गर्ने :- बदामको तेलले मालिस गर्दा घाटीको सौन्दर्य बढ्न सक्छ । बदामको तेलले मालीस गरेर छालालाई सोस्न दिनुपर्दछ । भिटामिन ई पाइने बदामको तेलले छालाको रगत सफा गर्दछ जसका कारण  छाला बिस्तारै  नर्मल अवस्थामा आउँछ र गर्धनको कालो हट्न सक्छ ।

२. एलोभेराको जुस प्रयोग गर्ने :- मानव स्वास्थ्यका लागि बहुगुणी बनस्पती एलोभेरा आयुर्वेदिक औषधि जगतमा चर्चित नाम हो । एलोभेराको पात काटेर आउने जेल गर्धनमा बिस्तारै लगाउदै तीस मिनेटसम्म राखी सफा पानीले धुुनु पर्दछ । यो विधि केही दिन दोहोराउदा राहत पाउन सकिन्छ । एलोभेरामा पाइने मिनरल्स र भिटामिन्स गर्धनको कालो हटाउन सहायक सिद्द हुन्छ ।

४. आलुको प्रयोग :- वास्तवमा आलुमा ब्लीचिङ गर्ने गुण हन्छ जसले छालाको रगत निखार्ने काम गर्छ । आलुलाई पिसेर लेप बनाई गर्धनमा घसी कम्तीमा पन्ध्र मिनेट राखी सफा पानीले पखाल्दा गर्धनको सौन्दर्यमा सुधार आउँछ ।

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update