Kath khabar
ललितपुरको भैसेपाटीबाट जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ


                 ललितपुर, चैत्र १ । ललितपुर महानगरपालिका-२५ भैसेपाटीस्थित चन्दा मगरले जग्गा भाडामा लिएर बनाएको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय अनिल कुवँर समेत १४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६१ हजार ९ सय ८० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update