Kath khabar
नेपालले टस हार्यो, पहिले फिल्डिङ गर्ने

 

                 काठमाडौं, चैत २ । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय सिरिज अन्तर्गत आज यूएईसँगको अन्तिम खेलमा नेपालले टस हारेको छ । खेल बिहान ९:३० बजेदेखि सुरु भएको छ ।

टियु क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले टोलीमा एक परिवर्तन गरेको छ । गुलशन झालाई खेलाउँदा करण केसीलाई बेन्चमा राखेको छ । टोलीमा अन्य कुनै परिवर्तन छैन ।

घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउनेछ।  क्यानले बुधबार साँझ नै ११ हजार टिकट बिक्रि भएको जानकारी दिएको छ। आज टियु गेटमा दर्शकको बिहानैदेखि बाक्लो उपस्थिति रहेको छ । 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update