Kath khabar
उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

 

                       काठमाडौं, चैत ३ । नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको छ ।

शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई हराउँदै यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । मुलुकको तेस्रो उपराष्ट्रपतिको निर्वाचनका लागि आज मतदान भएको थियो।

यादव ३० हजार ३२८ मतभारसहित निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार रामसहाय प्रसाद यादवले संघीय सांसद तर्फ १८४ को मतभार १४५३६ र प्रदेश सभाको मत ३२९ को मतभार १५७९२ पाएका छन्।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update