Kath khabar
सडक खाली नगरी कुमारी घर पुग्नुभएको थियो राष्ट्रपति पौडेल

 

                             काठमाडौं, चैत ५ । राष्ट्रपति रामचन्द्र पौडेलले हिजो शनिबार वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गर्नुभएको छ । राष्ट्रपति पौडेल कुमारीको दर्शन गर्न जाँदा सडक खाली नगरी जानुभएको थियो । पैदलयात्री र सर्वसाधारणको सवारीमा रोक लगाइएको थिएन ।

राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गर्न जानुभएको हो । कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गरेर फर्कनुभएको थियो । राष्ट्रपति पौडेलले पहिलोपल्ट कुमारी घरमा चिया पिउनुभएको हो । यसअघि राष्ट्र प्रमुखले कुमारी घरमा चिया पिउने चलन थिएन ।

कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पुर्‍याउने परम्परा छ ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update