Kath khabar
भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा

 

                       काठमाडौं, चैत ६ । सरकारले भोलि चैत्र ७ गते मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । चैत्र ७ गते मंगलबार घोडेजात्रा परेकोले सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएको हो ।

यो विदा राजपत्र मै प्रकाशन गरेर तय भएको सार्वजनिक विदा हो । प्रत्येक वर्ष चैत कृष्ण औंसीको दिन उपत्यकामा घोडेजात्रा मनाईने गरिएको छ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ ।

 

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update