Kath khabar
पूर्व राजा ज्ञानेन्द्र शाहसँग राप्रपाका शीर्ष नेताहरुको भेट


                           काठमाडौं, चैत ८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन् ।

शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री एवं सांसद धवलशम्शेर जबरा तथा वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनी झापाको दमक पुगेका थिए । बुधबार दिउँसो भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।

 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update