Kath khabar
भक्तपुरको राधेराधेबाट विभिन्न धनमाल चोरी


                  भक्तपुर, चैत ९ । मध्यपुर ठिमी नगरपालिका–९ राधेराधे सुभद्रामार्ग बस्ने बिष्णु रन्जितको घरबाट सुनचाँदीका विभिन्न गहना र नगद गरी करिब ४ लाख २२ हजार ५ सय रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update