Kath khabar
मिटरब्याज पीडितको माग पूरा गराउन सरकारसँग बालेनको आग्रह

 

                    काठमाडौं, चैत १३ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिटर ब्याज पीडितलाई पशुपति धर्मशालामा बस्न आग्रह गरेको तर नमानेको बताउनुभएको छ ।

काठमाडौं महानगरपालिकाले मिटरब्याज पीडितलाई खुलामञ्चको सट्टा शान्तिवाटिकामा बस्न प्रस्ताव गरेको हो। विभिन्न जिल्लाबाट पैदल हिँडेर आन्दोलनका लागि काठमाडौं आएका मिटरब्याज पीडितले सोमबार खुलामञ्च प्रवेश गर्न खोज्दा महानगर प्रहरीले रोकेको थियो।

नगर प्रहरीले उनीहरुलाई खुलामञ्च प्रवेशमा रोक लगाएको केहीबेरमै बालेनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया जनाउनुभएको हो । रत्नपार्कको अगाडि रानीपोखरी बाहिरको क्षेत्रमा बस्न महानगरपालिकाले मिटरब्याज पीडितलाई आग्रह गरेको बालेनको भनाइ छ।

'हामीले सम्झाएर रत्नपार्कको शान्तिबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको छौ र उहाँहरुको माग प्रति ऐक्यवद्धता जनाउदै नेपाल सरकार समक्ष उहाँहरुको समस्या समाधानको लागि जोडदार माग राख्दछौ' शाहले भन्नुभएको छ ।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update