Kath khabar
भक्तपुरको पलासे चोकमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

 

                       भक्तपुर, चैत १७ । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे चोकमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २४ वर्षीय निश्चल महतको मृत्यु भएको छ ।

शुक्रबार बिहान प्रदेश ३–०२–०१० प ६८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो ।

जगातीबाट साँगातर्फ जाँदै गर्दा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update