Kath khabar
प्रधानमन्त्री प्रचण्डद्धारा मन्त्रीमण्डल पुनर्गठन (सूचीसहित)

 

               काठमाडौं, चैत १७ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्री सम्हालेको तीन महिनामा दाहालले सातौं पटक मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका हुन् । पुस १० गते प्रधानमन्त्री भएका प्रचण्डले शुक्रबार सातौं पटक मन्त्रिमण्डल विस्तार गरेपनि मन्त्रिपरिषद्ले पूर्णता भने नपाउने भएको छ ।

प्रचण्ड नेतृत्वको सरकारमा दुईजना उपप्रधानमन्त्री बनेका छन् । पहिलो चरणमा नेपाली कांग्रेसबाट पूर्ण बहादुर खड्काले -उपप्रधान तथा रक्षा मन्त्री, प्रकाश शरण महत -अर्थमन्त्री, रमेश रिजाल -उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, सिता गुरुङ -शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठले -उपप्रधान तथा गृहमन्त्री, शक्ति बस्नेत -ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, रेखा शर्मा -सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुदन किँराती -संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अमनलाल मोदी -संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हाल्ने भएका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल -कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, प्रकाश ज्वाला -भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा जसपाबाट अशोक राई -शिक्षा, विज्ञान तथा प्रविधि, लोसपाबाट शरद सिंह भण्डारी -श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ -भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र नेसपाबाट महिन्द्र राय यादव - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय बनेका छन् ।

प्रधानमन्त्री दाहालसँग अझै पाँच मन्त्रालय रहनेछन् । खानेपानी मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालय प्रधानमन्त्री प्रचण्डसँगै अझै बाँकी रहेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update