Kath khabar
पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज नागरिक अभिनन्दन गरिँदै

 

                    सुनसरी, चैत  २०। पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज कोशी प्रदेशको नागरिक समाजले नागरिक अभिनन्दन गर्ने भएको छ ।

केशरबहादुर विष्ट र सिनेट श्रेष्ठको अगुवाईमा हुन लागेको कार्यक्रममा पूर्वराजा शाहले देशका लागि दिनुभएको योगदानका कदरस्वरुप नागरिक अभिनन्दन गर्न लागिएको जनाएको छ ।

राजसंस्थाको पक्षमा माहोल बनाउनका लागि भव्य तयारीका साथ यो नागरिक अभिनन्दन गर्न लागिएको हो । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका स्थानीय नेताहरुसँगै लाखौंको जनसहभागिता रहने आयोजकले बताएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update