Kath khabar
रवि लामिछानेले भन्छन्– "यो देशमा म घाँडो नै भएको हो भने त मारे पनि भैहाल्यो"

 

                          काठमाडौं, चैत २० । चितवन-२ उपनिर्वाचनमा उम्मेदवार बनेका रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्ट विवादमा अनावश्यक टिप्पणी गरिएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज चितवन-२ मा उपचुनाव लड्न आफ्नो मनोनयन दर्ता गरेपश्चात सञ्चारकर्मीहरुसँग उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले २०१८ मै पासपोर्ट त्यागिसकेको भनेर अदालतको आदेशमा उल्लेख भएकाले अनावश्यक बखेडा गर्न खोजिएको बताए । आफूले हरेक न्यायिक प्रक्रियालाई स्वीकार्ने र स्वीकार्दै आइरहेको तर अनाहकमा दुख दिन खोजिएकोप्रति खेद व्यक्त गरे ।

‘अदालतको पूर्ण पाठमा नै लेखिएको छ कि २०१८ मा त्यागिसकिएको भनेर लेखिएको छ । त्यसलाई पनि कसैले व्याख्या गर्छ भने, यदि यो देशमा म घाँडो नै भएको हुँ भने त मारिदिए पनि भइहाल्यो, त्यो एउटा उपाय त छ नि’, रविले भने ।

अब आफूमाथि कुनै पनि प्रकारको कानूनी झमेला नआउने बताउँदै उनले आफू म एकदमै आशावादी र उत्साहित रहेको बताएका छन् ।

 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update