Kath khabar
कांग्रेस बदल्न यहीँभित्र बसेर लड्नुपर्छ, बाहिरबाट ढुंगा हान्ने होइन - गगन थापा
File Photo


                    काठमाडौं, चैत २० । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस बदल्न कांग्रेसभित्रै बसेर संघर्ष गर्नुपर्ने बताएका छन् । तनहुँ १ मा उपनिर्वाचनमा कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गरेपछि आयोजित कार्यक्रममा यस्तो प्रतिक्रिया दिएका हुन् ।

कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेर तनहुँ १ मा उम्मेदवार बनेका स्वर्णिम वाग्लेको आलोचना गर्दै कांग्रेसलाई लात हानेर, कांग्रेसको झ्यालमा ढुंगा हानेर कांग्रेस बदलिन्छ ? भनेर प्रश्न गरेका छन् । कांग्रेस बदल्न यहीँभित्र बसेर लड्नुपर्छ, थापाले भनेका छन् ।

‘विदेशमा बसेर, यो गरेर आएको, मैले यतिको जागिर छाडेर आएको भन्नुहुन्छ भने मलाई भन्न मन लाग्छ - मैले जागिरै नखाको । तिमीले त खाएर, छोडेर आएको । म त त्योबेलामा सडकमा लडेर बसेको । छातीमा ढुंगा खाएर बसेको ।’ महामन्त्री थापाले भनेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update