Kath khabar
रवि लामिछानेविरुद्धको रिट निवेदनको सुनुवाइ आज

 

                      काठमाडौं, चैत २२ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदनको सुनुवाइ आज हुने भएको छ ।

मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा पेसी तोकिए भएपनि सिन्हाले मुद्दा हेर्न नमिल्ने भनेपछि आज १० बजेका लागि न्यायाधीश सिन्हारहितको इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ । लामिछानेले आज दिउँसो १ बजेसम्म आफूविरुद्ध परेको दाबी विरोध र उजुरीमा स्पष्टीकरण बुझाउनै पर्ने बताइएको छ ।

सभापति रवि लामिछानेविरुद्ध चारवटा उजुरी परेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार ती उजुरी दर्ता भएका हुन ।

 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update