Kath khabar
रवि लामिछानेविरुद्धको उजुरी खारेज,  चितवन २ मा उम्मेदवारी कायम


                   चितवन, चैत २२ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी खारेजीको मागसहित परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ ।

उजुरी खारेजीसँगै रास्वपा सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ । अब वैशाख १० मा हुने उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नं २ मा उम्मेदवारी दिएका लामिछानेको उम्मेदवारी कायम भएको छ ।

लामिछानेविरुद्ध युवराज पौडेल ‘सफल’ले इमेलमार्फत दर्ता गराएका एउटा उजुरीसहित मंगलबार चार उजुरी परेका थिए । लामिछानेले पुरानै मतदाता नामावलीको आधारमा मनोनयन दर्ता गरेको भन्दै चितवन-२ उपनिर्वाचनका स्वतन्त्र उम्मेदवार सन्तोष पौडेल, स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवबहादुर सुवेदी र राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर गिरीले मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा उजुरी दिएका थिए ।

 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update