Kath khabar
विद्यालय आफैले किताब र पोसाक बेचेको गुनासो आएको छ, यो दण्डनिय भएको स्मरण गराउँछु - मेयर बालेन

 

 

                   काठमाडौं, चैत २६ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेच्ने काम दण्डनीय भएको स्मरण गराएका छन् ।

शाहले विद्यालय आफैले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक पटक आएकाले सो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएको बताएका हुन् ।

शाहले सबै विद्यालयहरूलाई निर्देशिका अनुसार काम गर्नसमेत अनुरोध गरेका छन् । यदि नियम उल्लंघन भएमा कानुन बमोजिम कारबाही गर्ने महानगरको परिपत्रमा उल्लेख गरिएको छ ।

"विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक पटक आइरहेकाले विद्यालयको सो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ । साथै, सम्पुर्ण विद्यालयहरुलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्न गराउन हुन अनुरोध छ । "

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update