Kath khabar
ललितपुर र सिन्धुपाल्चोकमा डुबेर मृत्यु


                    काठमाडौं, चैत २६ । ललितपुर महानगरपालिका–२२ बुग्मती दक्षिणकालीस्थित इटाभट्टाको पानी पोखरीमा डुबेर सोही ठाउँ बस्ने बारा घर भएका सुरेश गोलेको छोरा ३ वर्षीय सुरज गोलेको शनिबार दिउँसो मृत्यु भएको छ ।  खेल्ने क्रममा डुबेर अशक्त भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ गोपिने चौरस्थित स्वीमिङ पुलमा डुबेर तनहुँ भानु नगरपालिका–३ घर भई भक्तपुर, भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ३३ वर्षीय अशोक गुरुङको गएराति मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update