Kath khabar
विस्का जात्राको रथ निर्माण अन्तिम चरणमा

 

                भक्तपुर, चैत २६ ।  भक्तपुरमा ९ दिन ८ रातसम्म मनाइने ऐतिहासिक विस्का जात्राको लागि रथ निर्माण अन्तिम चरणमा पुगेको छ । भक्तपुरको ऐतिहासिक तथा साँस्कृतिक विस्का जात्रा सुरु हुँनै लाग्दा रथ निर्माण अन्तिम चरणमा पुगेको हो । भक्तपुरको प्रसिद्ध पाँचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको रथ तान्ने क्रमको सुरुवातसँंगै जात्रा सुरु हुनेछ । प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले ९ दिन ८ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विस्का जात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुदैछ ।

प्रत्येक वर्ष नयाँं वर्षको ४ दिन अगाडि देखि प्यागोडा शैलीमा बनाइएको ३ तल्ले भैरबनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ । भैरबनाथको रथ तानेर सुरु हुने जात्रा वैशाख ५ गते पाँंचतल्ले मन्दिर अगाडि नै रहेको भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ । भक्तपुरको विस्का जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु रहेको छ। साथै मध्यपुर थिमिमा मनाइने सिन्दुरे जात्रा र जिव्रो छेड्ने जात्रा पनि प्रख्यात छ ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update