Kath Khabar
चिरञ्जीवीले छोडे कृतिशाको साथ

काठमाडौं, जेठ २८ । गायक प्रमोद खरेलको स्वर रहेको चर्चित गीत ‘धोका दियौ’ फिमेल भर्सनमा पनि आएको छ । फिमेल भर्सनको गीतमा गायिका एलिना चौहानले स्वर दिनुुभएको छ ।

सुवास कार्कीको शब्द रहेको गीतको एरेन्ज विशाल निरौलाले गर्नुभएको हो । गीतको आकर्षक म्युजिक भिडियो समेत निर्माण भएको छ । जसमा मोडल कृतिशा केसीले निकै राम्रो अभिनय गर्नुुभएको छ । कृतिशाको अलवा भिडियोमा चिरञ्जिबी सापकोटा, रोशनी कार्की र जीवेश गुरुङको अभिनय देख्न सकिन्छ ।

प्रेम पिडा व्यक्त गरेको गीतको भिडियोमा प्रेम र प्रेमपिडा कथाको रुपमा प्रस्तुत गरिएको छ । सुरेन्द्र मल्ल ठकुरीको निर्देशन रहेको भिडियोमा नरेशको छायाँकन र डिन्सन शाहको सम्पादन छ ।

भिडियो लिंक
 https://youtu.be/qS4ZJzvEGfg

 

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update