Kath Khabar
ललितपुर महानगरपालिकामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान

 

                     ललितपुर, चैत २८ । ललितपुर महानगरपालिकामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदैछ ।

पहिलो मात्रा लगाएको तीन महिना पूरा भएका र बुस्टर मात्रा लगाएर छ महिना पूरा भएकालाई लक्षित गरेर खोप अभियान चलाउन लागिएको हो । आजदेखि तीन दिन चल्ने यो अभियानमा फाइजर कम्पनीको खोप दिने महानगरले जनाएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिकाले पनि आज देखि तीन दिनसम्म कोरोनाविरुद्धको बुस्टर मात्रा खोप कार्यक्रम सञ्चालन गर्दैछ । पहिलो बुस्टर मात्रा नलगाएका तथा बुस्टर मात्रा लगाएको ६ महिना पूरा भएकाहरुले खोप लगाउन सक्नेछन् ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update