Kath Khabar
रामकृष्ण र मेलिनाको स्वरमा ‘सुनसरी इनरुवा’ को गीत सार्वजनिक

काठमाडौं,  जेठ २८ । अमेरिकामा बसेर नेपाली सुगम संगीतमा लागिपरेका युवा संगीतकार तथा गीतकार उमेश रेग्मीले आफ्नो नयाँ क्रिएशन चर्चित गायक रामकृष्ण ढकाल र चर्चित गायिका मेलिना राईको स्वरमा ल्याउनुुभएको छ ।

आफ्नो गृहनगर सुनसरी जिल्लाको सदरमुकाम इनरुवा तथा यसको आसपासका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरुको वर्णनसँगै माया-प्रेमका भावना व्यक्त गरिएको गीत सदरमुकाम इनरुवाको पर्यटकीय प्रवर्धन गर्ने उदेश्यका साथ रेकर्ड गरी म्युजिक भिडियो निर्माण गरिएको संगीतकार तथा गीतकार उमेश रेग्मीले बताउनुभयो । दशकअघि उहााँले आफ्नै स्वरमा समेत सुनसरी इनरुवा बोलको गीत निकाल्नुुभएको थियो । अहिले भने उहाँले रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा युगल गीतको रुपमा गीत तयार गर्नुुभएको हो ।

युवराज वाईवाको निर्देशन तथा निलास पौडेलको छायाँकनमा इनरुवाका बिभिन स्थलहरु सहित रामधुनी, देवीथान, लाटी माई, कंश मरण लगायतका मठ मन्दिरहरुको दृश्य समवेश गरिएको छ भने गायक रामकृष्ण ढकाल र मोडल रिमा बिश्वकर्माको अभिनय हेर्न सकिन्छ । विकास दाहालले सम्पादन गर्नुभएको भिडियो संगीतकार तथा गीतकार रेग्मीको युट्युब च्यानल गोत्र इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरिएको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update